Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको आठौं महाधिवेशन स्थल कोरोनाको ‘हटस्पट’


    आइतबार, पुष २५ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको ११ पुसमा सुरु भएको आठौं महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भयो । 

    गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइसोलेसनमा बसे । 

    कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि प्रचण्डले बिहीबारबाट भेटघाट बन्द गरेका हुन् । 

    तर, शनिबारसम्म आइपुग्दा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
    अध्यक्ष प्रचण्डसहितका संक्रमित नेताहरुको सम्पर्कमा आएकाहरू जोखिममा परेका छन् । 

    देशभरबाट आएका नेता कार्यकर्ताहरू एक साताभन्दा लामो समय चलेको महाधिवेशनमा सहभागी भए । उनीहरू अहिले जिल्लाजिल्ला र गाउँगाउँमा पुगिसकेका छन् । 

    महाधिवेशन समाप्त भएलगत्तै नेताहरूमा कोरोना संक्रमण पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किसक्नुले कोरोना संक्रमणको जोखिम बढाएको छ । 

    महाधिवेशनबाट फर्किएका माओवादी नेता तथा कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि कोरोना संक्रमण भएको छ । 

    माओवादीसहित एमाले, कांग्रेस, राप्रपाका पनि राजनीतिक गतिविधि भइरहेका छन् । जनस्वास्थ्यका मापदण्ड नपनाइने भइरहेका राजनीतिक गतिविधिले कोरोना संक्रमण बढाउने सक्ने देखिन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार