Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • हिन्दुको भेषमा सजिएका बेहुलाविरुद्ध मुद्दा


    आइतबार, पुष २५ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली । भारतमा विवाह समारोहमा हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै एक मुस्लिम बेहुला र उनको परिवारका सदस्यहरुविरुद्ध मुद्दा दायर गरिएको छ । कर्नाटकको बान्तवाल तालुक गाउँका मुसलमान बेहुलाले हिन्दुका देवताको भेषमा विवाह गरेपछि उनी र उनको परिवारविरुद्ध उजुरी परेको हो । 

    बासित नाम गरेका बेहुलाले हिन्दु भेषमा सजिएर हिन्दु झैं नाचेका थिए । उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दुहरुले उनको आलोचना गरेका थिए । 

    जातीय अपमान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । भारतमा जातीय अपमानका कारण विभन्न स्थानमा हिंसा हुने गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार