Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • किसानलाई च्यापकटर वितरण


    आइतबार, पुष २५ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर ।  उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानहरुलाई च्यापकटर वितरण गरेको छ । वडा नम्बर ९ र १० का किसानहरुलाई २५ थान च्यापकटर वितरण गरिएको हो । समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा च्यापकटर वितरण गरिएको हो ।

    वडा- ९ का अध्यक्ष प्रकाश राउत र वडा- १० का वडाध्यक्ष रामकुमार खड्काको उपस्थितिमा नगरको वडा नम्बर ९ हडियास्थित मिल्स एरियामा नगर प्रमुख खगेन्द्र राईले किसानहरुलाई च्यापकटर हस्तान्तरण गरे । समृद्धि आयोजनाले ८ लाख ३७ हजार ५ सय मूल्य बराबरको २५ थान च्यापकटर स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा स्थानीय किसानलाई वितरण गरेको वडाध्यक्ष राउतले बताए । जनउत्थान पशु तथा कृषि सहकारी संस्थाले हडियामा दूध संकलन गरेर दही, पनिर, घिउ, चोकर ब्रानलगायतका सामाग्री बिक्री बितरण गर्ने गरेको छ ।

    नगर प्रमुख खगेन्द्र राईले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले च्यापकटर वितरण गरेको बताए । कृषिमा आधुनिकीकरण र किसानको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको उनको भनाइ छ । नगर प्रमुख राईले च्यापकटर मेसिनको सदुपयोग गर्नु भनेको कृषकको जीवनस्तर उकासिनु भएको र कृषकको जीवनस्तर उकासिनु भनेको राष्ट्रकै विकास हुनु रहेको बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार