Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको असर: सञ्चारमन्त्री कार्की पनि आइशोलेसनमा, भेटघाट बन्द


    आइतबार, पुष २५ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् ।

    शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री  कार्की आइसोलेसनमा बसेका हुन् ।

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । उनले भेटघाट सबै बन्द गरेको उनको सचिवालयले जनाएको छ। 

    माओवादीका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइशोलेसनमा बसेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार