Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘ए’ डिभिजन लिग फुटबल: लगातार चौथो जितको दाउमा हिमालयन शेर्पा


    आइतबार, पुष २५ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आईतबार थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरुहुनेछ । लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ । 

    थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ । 

    थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ र शेर्पाका युगल किशोर राई दुबै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छन् ।  थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

    विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार