Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लघुवित्तले पनि सकेनन् कर्जा दिन, कारोबार नै ठप्प हुने संकेत


    आइतबार, पुष २५ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तरलता दबाबले वाणिज्य बैंकबाट सापटी लिएर ग्राहक सदस्यलाई कर्जा दिँदै आएका लघुवित्तको व्यवसायमै आँच आएको छ। तरलतामा दबाब देखिएपछि लघुवित्तको कर्जा प्रवाह नै ठप्प हुन थालेको गुनासो छ।

    नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा यतिबेला तरलता अभावको बढी मार लघुवित्तलाई परेको बताउँछन्। उनकाअनुसार लघुवित्तको कामको प्रकृत्ति नै बैंकबाट सापटी लिएर कर्जा दिने गरिन्छ।

    ‘यसो हँुदा धेरै कम्पनीले बैंकलाई किस्ता पनि तिर्नुपर्छ। अब सरकारलाई त्रैमासिक कर तिर्नुपर्ने बेला आएको छ। बैंंकहरूले पनि कर्जा दिँदैनन्। दिइहाले भने चर्को ब्याज अर्थात १३ प्रतिशत हाराहारीको भार पर्छ,’ लक्ष्मी लघुवित्तका सीईओसमेत रहेका शर्माले भने,‘लघुवित्तलाई केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा बढी ग्राहकबाट नलिन भनेको छ। लागत र प्रशासनिक खर्च बढी लाग्ने भएकाले कर्जा पाए पन ग्राहलाई दिन सक्ने अवस्थामा छैनौं।’

    लघुवित्तले नयाँ कर्जा दिन बन्द गरेको उनले जानकारी दिए। यद्यपि केहीले मात्रै व्यवस्थापन गर्न सकेको छन्। यस्तो अवस्था लामो समय रहिरहे आर्थिक क्रियाकलापमा मन्दी आउने उनको टिप्पणी छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार