Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुरमा सवारी दुर्घटना: एक जनाको मृत्यु


    शनिबार, पुष २४ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर। सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट जलजले खण्डमा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा विपरीत दिसाबाट आएको टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो । 

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाट बजारबाट जलजलेतर्फ जाँदै गरेको प्र २–०१ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आएको स१ख ७२१ नम्बरको टिपर एक आपसमा ठोकिएको जनाएको छ । 

    दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरीका ३१ वर्षीय दिलीप दुलालको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार दुलालको विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार