काठमाडौं। नेपालभर पछिल्लो २४ घण्टामा थपिए ९४४ जना कोरोना संक्रमित ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ जना एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।हिजो करिब १४ हजार जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । हिजो २६२ जना डिस्चार्ज भएका थिए।
यसैगरी, आज शनिबार कोभिड–१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर ६,१४० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।