Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि देउवा पनि आइसोलेशनमा बसे


    शनिबार, पुष २४ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण  पुष्टि भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।

    देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री आज  शनिबारदेखि आइसोलेशनमा बसेका हुन्।माओवादी अध्यक्ष प्रचण्डलाई शुक्रबार साँझ कोरोना पुष्टि भएको थियो । प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयको भनाइ छ ।

    सचिवालयका अनुसार प्रधानमन्त्री देउवा केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै  सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।

    आइसोलेट हुनुअघि देउवा आज बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार