Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर महानगरपालिकाले ४ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन


    बुधबार, असार १० २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी आर्थिक वर्षका लागि ललितपुर महानगरपालिकाले ४ अर्ब ७९ करोड ६२ लाख ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबावु महर्जनले बजेट सार्वजनिक गरेका हुन् ।

    महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए ।

     

    बजेटमा कर सम्बन्धी नयाँ कार्यक्रमहरु पनि समावेश भएका छन् । विद्युतीय माध्यमबाट कर तिर्न सकिने र निःशुल्क रुपमा कर चुक्ताको प्रमाण पत्र उपलब्ध गराउने महानगरको नीति छ ।

    यसैगरी महानगरले सम्पत्ति करमा कडा रुपमा प्रस्तुत हुने नीति लिने भएको छ । बैंकमा खाता खोल्न, खानेपानीको धारणा जडान गर्न लगायतका कामका लागि सम्पत्ति कर चुक्ताको प्रमाण पत्र पेश गर्नै पनि नीति लिने महानगरले बताएको छ ।

    यसका लागि सम्बन्धित कार्यालयहरुसँग समन्वय गरिने महानगरको बजेटमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार