Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धार्मिक–पुरातात्विक सम्पदा जोगाउने अभियानमा युवासंघ, पशुपति धर्मशालामा संचालित बतासको होटल निरीक्षण


    शनिबार, पुष २४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को भातृसंगठन युवासंघ नेपालले पशुपति क्षेत्र विकास कोषको आज निरिक्षण तथा अनुगमन गरेको छ ।

    युवासंघले गठन गरेको ‘सार्वजनिक सम्पतिको दुरुपयोग विरुद्ध युवा दबाब तथा अध्ययन समिति’ ले पशुपति क्षेत्र बिकास कोषको जग्गामा भारत सरकारले निर्माण गरेको धर्मशाला बतास अर्गनाइजेसनले कौडीको मूल्यमा भाडामा लिएर सञ्चालन गरेको होटेल आनन्दको अनुगमन गरेको हो । 
    एकीकृत समाजवादीका पोलिटव्यूरो एवं संघका इन्चार्ज दिलु पन्त, केन्द्रीय सदस्य एवं संघका अध्यक्ष नरेश शाही, इन्चार्ज, पदाधिकारीका साथै समितिका संयोजक एवं संघका उपमहासचिव तथा प्रवक्ता सञ्जिप राई सहितको टोलीले अनुगमन गरेको हो ।

    पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र बिकास कोषको धर्मशाला बतास अर्गनाइजेसनले ब्यवसायिक प्रयोजनका लागि दुरुपयोग गरेको र यसका साथै देशका बिभिन्न स्थानहरुमा समेत राज्यलाई प्रभावित पारी सार्वजनिक जग्गा दुरुपयोग गरी रहेको बिषयमा संघले राज्यको गम्भीर ध्यानाकर्षण गरेको प्रवक्ता राईले बताए ।

    बतास अर्गनाइजेसन लगायत अन्य बिभिन्न ब्यवसायिक समूहहरुले देशका विभिन्न स्थानहरुमा सार्वजनिक सम्पत्तिको दुरुपयोग बिरुद्ध दबाब दिने उद्देश्यले संघका प्रवक्ता एंव उपमहासचिब राईको संयोजकत्वमा शुक्रबार एक कमिटी गठन भएको हो । कमिटीको सदस्यमा रोशन थापा, फुर्वा लामा, दीपक दुवाडी, शिव श्रेष्ठ रहेका छन् ।

    यसैबीच शुक्रबार संघका अध्यक्ष शाहीको नेतृत्वमा युवाहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा उनीहरुले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरु दुरुपयोग हुनबाट रोक्नुपर्ने माग गरेका थिए ।

    ‘युवासंघले देशको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु दायित्व ठान्दछ र सो सम्पत्तिको दुरुपयोग तथा बिनाशका बिरुद्ध संघले पटक पटक आन्दोलनको कार्यक्रमहरु गर्दै आएको कुरा जगजाहेरै नै छ । सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पुनः आन्दोलनमा उत्रिनुपर्दा हामी पछाडि हट्दैनौं’ अध्यक्ष शाहीले बताए ।

    राज्यका ऐतिहासिक सम्पदाहरु संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै उनले महत्वपूर्ण इतिहास बोकेको क्षेत्र एउटा ब्यवसायिक रुपले होटल रेस्टुरेन्ट सन्चालन गर्ने कुरा कदापी स्वीकार्य हुन नसक्ने बताए । 
     
    यस्तै मित्रराष्ट्र भारतले पशुपतिको दर्शनमा आउने तिर्थालु तथा धार्मिक पर्यटकको सुबिधाको लागि निर्माण गरेको धर्मशाला ब्यावसायिक प्रयोजनको लागी भाडामा दिने कुरा लज्जाको बिषय भएको प्रवक्ता राईले बताए । देशका धार्मिकदेखि पुरातात्विक सम्पदा ब्यापारीसँग करोडौै घुस लिएर कौडीको मूल्यमा भाडामा दिनेहरुलाई कारबाही हुनुपर्ने माग युवासंघका सचिव फुर्वा लामाले गरेका छन् ।

    सचिव लामाले भने– धर्मशाला बतासलाई भाडामा दिंदा कोषको संचालक समितिबाट निर्णय समेत नगरिएको कुरा आएको छ । तीर्थयात्रीका लागि मित्रराष्ट भरतले निर्माण गरिदिएको धर्मशाला बताससँग करोडौं घुस खाएर भाडामा दिनेहरुलाई सरोकारवाला निकायले कडा कारबाही गर्नुपर्छ । भ्रष्टाचार अभियोगमा छानबिन गरी मुद्दा दायर हुनुपर्छ । अख्तियारले यातायात वा मालपोतमा हजार दुई हजार पैसा लिने सानो दर्जाका कर्मचारीलाई कारबाही गर्ने भन्दा करोडौं करोड घुस लिएर धार्मिक सम्पदा ब्यापारीलाई कौडीको मूल्यमा बिक्री गर्ने पशुपति विकास कोषका पदाधिकारीदेखि सचिव रमन्त्रीलाई मुद्दा चलाउनुपर्छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार