Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आगोमा जलेर महिलाको मृत्यु


    शनिबार, पुष २४ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ।घर नजिकै थुपारेर राखेको खरमा आलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ । घर छाउन थुपारेर राखिएको खरमा आगोलागी हुँदा जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो ।

    खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगोलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेस ठाकुरले बताए ।

    घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार