Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेविसंघद्धारा त्रिविका उपकुलपतिको कुर्सी जलायो


    बुधबार, असार १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।

    त्रिविका रजिस्टार पेशल दाहालका अनुसार आज दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका हुन् ।

    नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो ।

    नेविसंघको विश्वविद्यालय इकाइका अध्यक्ष हरि आचार्यले तालाबन्दी गर्न जाँदा दुव्र्यवहार भएकाले विद्यार्थीहरुले कुर्सी जलाएको प्रतिक्रिया दिए । ‘तालाबन्दी गर्न जाँदा मिस बिहेब भएछ, आक्रोशित विद्यार्थीले भीसीको कुर्सी पनि जलाएछन्’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार