Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गठबन्धनका उम्मेदवारलाई विजयी गराउन चुनावी अभियान सञ्चालन गर्न जसपाको निर्देशन


    शुक्रबार, पुष २३ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं  ।  जनता समाजवादी पार्टी (जसपा) ले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन चुनावी अभियान सञ्चालन गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । 

    पार्टी अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु, केन्द्रीय समिति, संघीय परिषद् सदस्यहरु, प्रदेश समिति विशेष प्रदेश समिति ,पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समन्वय समितिलाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरुसँग समन्वय गरी चुनाव अभियान सञ्चालन गर्न निर्देशन जारी  गरेका हुन् । 

    ‘२०७४ साल माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राजमो, नेपाल, सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउन र प्रदेश जिल्ला लगायत स्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्नु हुनको लागि पार्टीको तर्फबाट यो निर्देशन जारी गरिएको छ’ यादवले जारी गरेको निर्देशनमा भनिएको छ । 

    विभिन्न प्रदेशहरुमा पार्टी-पार्टीबीच समन्वय गर्नका लागि गठवन्धनमा रहेका विभिन्न दलहरुको तर्फबाट पार्टी नेतृत्वहरुलाई जिम्मेवारी तोकिएकोसमेत यादवले जानकारी गरेका छन् ।

    चुनावी अभियान सञ्चालन गर्न गठबन्धनका प्रतिनिधि

    प्रदेश नं. १ 
    १) घनेन्द्र वस्नेत – नेकपा (एकीकृत समाजबादी) 
    २) राम कार्की – नेकपा (माओवादी केन्द्र)
     ३) अशोक कुमार राई – ज.स.पा., नेपाल 
    ४) ज्ञानेन्द्र बहादुर कार्की – ने.का. 
    ५) हरिकान्त पौडेल – रा.ज.मो. 

    प्रदेश नं.२ 
    १) रामचन्द्र यादव – नेकपा (एकीकृत समाजवादी) 
    २) गपोश शाह – नेकपा (माओवादी केन्द्र) 
    ३) मृगेन्द्र सिंह यादव – ज.स.पा., नेपाल 
    ४) रमेश रिजाल – ने.का.
     ५) धर्मानन्द सुवेदी- रा.ज.मो. 

    बागमती प्रदेश 
    १) प्रकाश महत – ने.का. 
    २) केदार न्यौपाने – नेकपा (एकीकृत समाजबादी) 
    ३) हितमान शाक्य – नेकपा (माओवादी केन्द्र) 
    ४) गंगानारायण श्रेष्ठ -ज.स.पा., नेपाल 
    ५) लाल बहादुर थापा – रा.ज.मो. 

    गण्डकी प्रदेश 

    १) केशवलाल श्रेष्ठ – नेकपा (एकीकुत समाजवादी)
     २) हितराज पाण्डे – नेकपा (माओवादी केन्द्र) 
    ३) हरिशरण आचार्य – ज.स.पा., नेपाल 
    ४) शंकर बराल – रा.ज.मो, 
    ५) रामचन्द्र पौडेल – ने.का. 

    लुम्बिनी प्रदेश

    १) चक्रपाणी खनाल – नेकपा (माओवादी केन्द्र 
    २) भागवत विश्वासी – नेकपा (एकीकृत समाजवादी) 
    ३) सहसराम यादव -ज.स.पा., नेपाल 
    ४) सुरेश थापा – रा.ज.मो. 
    ५) बालकृष्ण खाँड – ने.का, 

    कर्णाली प्रदेश 
    १) शक्ति बस्नेत – नेकपा (माओवादी केन्द्र) 
    २) जीवन बहादुर शाही – ने.का, 
    ३) प्रकाश ज्वाला – नेकपा (एकीकृत समाजवादी) 
    ४) भक्त बहादुर शाह – ज.स.पा., नेपाल
     ५) जनकराज शर्मा – रा.ज.मो. 

    सुदरपश्चिम प्रदेश 
    १) विक्रम शाही – नेकपा (एकीकृत समाजवादी) 
    २) खगराज भट्ट – नेकपा (माओवादी केन्द्र) 
    ३) दिलेन्द्र बडु – ने.का. 
    ४) नन्दराज भट्ट – रा.ज.मो.
    ५) मालामति चौधरी – ज.स.पा., नेपाल

    jasapa.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार