उदयपुर।नेपाल कम्युनिष्ट पाटी (एमाले) उदयपुरको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ । अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबी गर्दै चार जनाले उम्मेदवारी घोषणा गरेको छ ।
गुटबन्दी अन्त्य गर्नका लागि सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पार्टी नेतृत्व लागेको भए पनि आकांक्षीहरु बढ्दै जाँदा व्यवस्थापनमा समस्या देखिन थालेको छ । अधिवेशन सुरु नहुँदै आधा दर्जन बढीले अध्यक्षको दाबी गरेको पाइएको छ । अधिवेशन हुनु भन्दा महिनादिन अघिदेखि नै नेताहरुले नेतृत्व दाबी गरिरहेका थिए ।
कोही सर्बसम्मत पाए मात्र नेतृत्व लिने दाउमा छन् भने कतिपय चुनाबी प्रतिस्पर्धा गरेरै भए पनि नेतृत्वमा पुग्ने होडमा छन् ।
केहीले समूह बनाएर उम्मेदवारी घोषणा गरि सकेको हुँदा समग्र परिस्थितिले एमाले उदयपुरमा सर्बसम्मत नेतृत्व चयनको सम्भावना कमै रहेको नेता कार्यकर्ताहरु बताउँदै आएका छन् ।
अघिवेशन सुरु हुन अघि नै ४ जनाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान सचिव प्रमेश्वर घिमिरे र सचिवालय सदस्य कुशलबाबु बस्नेतले प्यानलसहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् भने अर्का सचिवालय सदस्य कालु लामाले टेकबहादुर राउतलाई सचिव बनाएर अध्यक्ष उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले आफ्नो उम्मेदावारी घोषणा गरि सकेका छन् । अन्य आकांक्षीहरुमा अध्यक्ष ईश्वरमणि राउत, उपाध्यक्ष बिमल कार्की, दुर्गाकुमार थापा, गोपाल खत्री रहेका छन् ।
राउत, थापा र खत्री सर्बसम्मत पाए मात्र अध्यक्ष बन्ने बताइरहेका छन् ।
कार्की सर्बसम्मत वा चुनाव कुनै पक्षमा नदेखिए पनि अध्यक्ष हुने वातावरण आफ्नो भागमा पार्ने गरी ‘रिजर्भ’ रहेको उनी निकट कार्यकर्ताहरु बताउँछन् । परियारले पार्टीलाई दलित अधिकारको पैरवी अभियानसँगै ३० वर्षदेखि अनवरत योगदान गरेकोले आफूलाई अध्यक्षको सबल दाबेदार रहेको बताउँछन् ।
अहिलेसम्म आकांक्षीहरु कोही पनि पछि हट्ने अवस्थामा देखिएका छैनन् ।
बेलका नगर प्रमुख समेत रहेका र केपी शर्मा ओली पक्षधर दुर्गाकुमार थापा चुनाब नलड्ने तर, अध्यक्षको कुर्सी आफ्नो पक्षमा पार्ने दाउमा लागेका छन् । थापा, लामा, परियार, बस्नेत र भागवत राउत सुरुवाती समयदेखि ओली पक्षधर हुन् । चुनाबी प्रतिस्पर्धा जानका लागि कालुमान लामा, प्रमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियारले आफनो उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend