Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घरको पर्खालले किचेर मजदुरको मृत्यु


    शुक्रबार, पुष २३ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको बेलबारी नगरपालिका-१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । 
    ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको हो । सुन्दरहरैचा नगरपालिका-१ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

    घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार