Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ


    शुक्रबार, पुष २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । 

    सिजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् ।

    यस्तै, उपाध्यक्षमा अन्नपूर्ण पोस्ट् दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सह सचिवमा गोरखापत्र दैनिकका भेषराज बेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन् । 

    त्यस्तै सदस्यहरुमा मेरोलगानी डटकमका सुधा देवकोटा र विकास न्यूज डटकमका सन्तोष रोकाया चयन भएका छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार