Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • तीनदिनसम्मको मौसम पूर्वानुमान


    बुधबार, असार १० २०७७
    965
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । आजदेखि मुलुकभर मनसुन सक्रिय भएकाले देशभर झरीको सम्भावना रहेको छ । मौसमविद्का अनुसार आज बिहानबाट नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय रेखा बनेकाले देशभर मनसुनी गतिविधि बढ्ने भएको हो।

    मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै भनेको छः देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनाका साथै प्रदेशहरू १, २, गण्डकी र कर्णालीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    महाशाखाले बुधबार बिहान जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ:

    असार १० गते बुधबार

    दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    रातीः देशको सबै प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

    असार ११ गते बिहीबार

    दिउँसोः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

    रातीः देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    असार १२ गते शुक्रबार

    दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    रातीः देशको सबै प्रदेशमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार