Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अदालतबाट २६ लाख जरिवाना ठहर भएका राजेन्द्रकुमार श्रेष्ठ पक्राउ


    शुक्रबार, पुष २३ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अदालतबाट २६ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौंका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ छन्। 

    बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २६ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बानेश्वरबाट पक्राउ गरेको हो।

    ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम २६ लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।

    पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्याएर चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेका थिए। उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।

    पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार