तनहुँ। तनहुँको व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक भएसँगै जिल्लामा तरङ्ग पैदा भएको छ । कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिको पाँचौँ बुँदाले तरङ्ग पैदा गराएको हो ।
पाँचौँ बुँदामा लेखिएको छ– मानहुँकोट पर्यटन प्रबद्र्धनका लागि निजी साझेदारी ऐन अनुसार व्यास हिल्स प्रालिबाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्बन्धित् प्रस्तावकलाई प्रस्ताव थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाई सम्झौताको आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।
यो निर्णयले तंरग ल्याउनुको कारण हो व्यास हिल्स प्रालि बतास समूहले खडा गरेको कम्पनी भएकाले । बतास समूह पछिल्लो समय निकै विवादित छ ।
बतासले खडा गरेको व्यास हिल्सले व्यास नगरपालिका–५ मानहुँकोटमा रहेको सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा लिने प्रस्ताव गरेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
व्यास–५ का वडाध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार व्यास नगरपालिकाले बनाएको भ्युटावरभन्दा तलपट्टिको ५० रोपनी सार्वजनिक जग्गा भाडामा लिन खोजेको छ । जुन जग्गा दमौली बजारतर्फ फर्किएको छ । बतासले मानहुँकोटको निजी जग्गासमेत खरिद गरिसकेको चर्चा चल्न थालेको छ ।
गत वर्षदेखि चर्चामा आएको मानहुँकोटमा बतासको आँखा लागेको छ । बतासको व्यास हिल्सले मानहुँकोटमा चार अर्ब २३ करोड रुपैयाँको लगानी प्रस्ताव पेस गरेको श्रेष्ठले बताए ।
‘पाटनबाट मानहुँकोटसम्म केबलकार, जिपलाइन चलाउने, मानहुँकोटमा सिसाको पुल, होटल रेष्टुरेन्ट चलाउन खोजेको छ । जग्गाको मासिक भाडा बुझाउनेसँगै आम्दानीको पाँच प्रतिशत रोयल्टी बुझाउने गरेर प्रस्ताव पेस भएको छ’, उनले भने ।
बतासको व्यास हिल्सले गत वर्ष नै मानहुँकोटमा रिसोर्ट लगायतका परियोजना बनाउन पेस गरेको प्रस्ताव स्वीकृत गरेर अगाडि बढाउने निर्णय बिहीबार मात्र गरिएको हो । बतासले प्रस्ताव पेस गरे पनि भाडामा दिनेबारे प्रदेश र संघीय सरकारसँग अनुमति लिनुपर्ने उनले बताए ।
बतासले तनहुँमै कृषि सामग्री कम्पनी लिमिटेड दमौलीको जग्गा पनि भाडामा लिएको छ । उसले जग्गा भाडामा लिएवापत बुझाउनुपर्ने २५ लाख रुपैयाँ भन्दा बढी भाडा नतिरेको पाइन्छ । कम्पनीको दमौली बजारमा रहेको ६ हजार ९६२ वर्गफिट जग्गा भाडामा लिएर ४२ वटा सटर बनाई बतासले भाडामा लगाएको छ ।
३० असार २०७४ मा सम्झौता गरेर पाँच बर्षका लागि जग्गा भाडामा लिएको बतासले गत आर्थिक बर्षको भाडा २६ लाख ६० हजार ६३९ रुपैयाँ बुझाएको छैन । दमौलीको जग्गा भाडा कृषि सामग्री कम्पनी लिमिटेड पोखराले बुझ्ने गर्दछ । आर्थिक बर्ष २०७७÷७८ असार मसान्तसम्म दमौलीको जग्गा भाडा मात्र बतासले २७ लाख ३५ हजार ३३९ रुपैयाँ बुझाउनुपर्ने थियो । समयममै भाडा नबुझाएपछि दुई लाख २५ हजार ३०० रुपैयाँ विलम्ब शुल्क लागेको छ ।
जग्गा भाडा र विलम्ब शुल्क गरेर २९ लाख ६० हजार ६३९ रुपैयाँ मध्ये तीन लाख रुपैयाँ मात्र यो आर्थिक बर्षमा बतासले बुझाएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराका एक कर्मचारीले बताए । ‘कोरोनाले व्यवसाय धरासयी भएकाले भाडा बुझाउन सक्दैनौँ भनेर पटक–पटक बतासले पत्रचार गरिहेको छ । हामीले पनि भाडा तिर्न ताकेता गर्दै पत्र पठाईरहेका छौँ । तर भाडा बुझाउदैँ ’, ती कर्मचारीले भने ।
चालु आर्थिक बर्षको मंसिरसम्मको पनि ४५ हजार ५०० रुपैयाँ विलम्ब शुल्क बुझाउन बाँकी रहेको उनले जानकारी दिए । हरेक महिनाको ५ गतेभित्र भाडा बुझाउनुपर्ने हुन्छ । भाडा ५ गतेभित्र नबुझाएमा दिनको एक सय रुपैयाँका दरले विलम्ब शुल्क लाग्ने जनाइएको छ । कार्यालयका ती कर्मचारीका अनुसार बतासले कृषि सामाग्री कम्पनी लिमिटेड पोखरालाई बुझाउनुपर्ने अघिल्लो आर्थिक बर्षको भाडा समेत बुझाएको छैन ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend