Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • इटलीबाट भारत आएको विमानका १२५ यात्रु संक्रमित, क्वारेन्टिन छल्न १३ जना फरार


    शुक्रबार, पुष २३ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतमा इटालीबाट आएको एउटा विमानमा सवार यात्रुमध्ये १२५ यात्रुमा कोभिड संक्रमण देखिएको छ । इटालीको मिलानबाट भारतको अमृतसार आएको विमानका संक्रमितमध्ये १३ यात्रु क्वारेन्टिन नबसी भागेका छन् । 

    नौ जना विमानस्थल र अन्य चार जना एउटा स्थानीय अस्पतालबाट भागेका हुन् । उनीहरुविरुद्ध सरकारले उजुरी हाल्ने तयारी गरेको छ । 

    सो विमानमा १६० यात्रु थिए । उनीहरुमध्ये बालबालिका र शिशु गरी १९ जनाको भने कोभिड परीक्षण गरिएको थिएन् । 

    संक्रमितलाई अस्पताल लैजान विमानस्थलमा एम्बुलेन्सहरु लाइनमा राखिएका थिए । सबै संक्रमितलाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको थियो । 

    उनीहरु स्वास्थ्यकर्मीलाई छक्काएर भागेको अधिकारीहरुले जनाएका छन् । अस्पतालबाट भाग्ने संक्रमितको पासपोर्ट रद्द गर्ने प्रहरीले तयारी गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार