Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अस्पतालका चिकित्सकलाई होटलमा राखेपछि…


    बुधबार, असार १० २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र नर्सलाई आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन्।

    स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन्।

    सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले कोभिड–१९ का संक्रमितसँग प्रत्यक्ष काम गरिरहेका चिकित्सक सुरक्षित स्थानमा रहनुपर्नेमा अव्यवस्थित पार्किङ र मापदण्ड पूरा नभएको होटलमा बस्दा जोखिम हुन सक्ने भएकाले यस विषयमा आवाज उठाएको बताइन्।

     

    ‘हामीले विरोधभन्दा पनि जोखिमलाई ध्यान दिएर आवाज उठाएका हौं, यस होटल वरपर रहेका ५२ घर मजदूर छन् उनीहरूका बच्चाहरू खुलमखुला हिँड्छन्, व्यवस्थित पार्किङ छैन, चिकित्सक बोकेको गाडी घण्टौं होटल अगाडि हुन्छ। अग्रमोर्चामा रहेका चिकित्सक र नर्सलाई तोकिएको मापदण्ड पूरा गरिएको होटलमा राख्नुपर्ने हाम्रो माग हो’, उनले भनिन्।

    उक्त होटलका सञ्चालक विष्णु आचार्यले अस्पतालको आधिकारिक पत्रसहित काममा रहेका चिकित्सक र नर्स होटलमा बसेको जानकारी दिए।

     

    ‘उहाँहरू कामबाट आउनुहुन्छ, सुरक्षा अपनाएर कोठामा जानुहुन्छ, सामाजिक दूरी कायम गरेर होटलको सेवा प्रवाह भएको छ, टोलमा जोखिम हुने गरी कुनै पनि कार्य भएको छैन।’

    चिकित्सक संघ गण्डकीका अध्यक्ष डा। निर्मल लामिछानेले सरकारले अस्पतालमा कार्यरत चिकित्सकका लागि गरेको प्रबन्धमा स्थानीयवासीले विरोध गर्नु जायज नभएको बताए।

    ‘अहिले चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी कोभिड–१९ को अग्रमोर्चामा खटिएर काम गरिरहनुभएको छ, यो बेला उहाँहरूको आत्मबल बढाउन जरुरी छ। दिनभरको कामको तनावले आराम गर्न होटल पुगेका चिकित्सकप्रति अनावश्यक शंकाउपशंका गरेर विरोध गर्नु जायज छैन, उनीहरू बाटोमा हिँड्दैमा कोरोना सर्छ भनेर बुझ्नु नै चेतनास्तर कम हुनु हो, चिकित्सकरनर्स आफैं पनि यस विषयमा सतर्क छन्।’रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार