Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडी एमाले जिल्ला अधिवेशन आज, अध्यक्षमा सुरेन्द्र पाल र गोरखबहादुर चन्दको दाबी


    शुक्रबार, पुष २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । नेकपा(एमाले) बैतडीको जिल्ला अधिवेशन आज हुँदैछ । पाटनमा हुने आठौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनमा ५ सय ९ जना प्रतिनिधि सहभागी हुनेछन् भने पार्टीका नेता कार्यकर्ता र सुभेच्छुकहरु सहभागी हुने बताइएको छ । 

    पार्टीका वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा हुने उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुरनसिंह दयाल प्रमुख अतिथि रहने छन् । प्रदेश कमिटी अध्यक्ष तथा संघीय सांसद दामोदर भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज लिलाधर भट्ट लगायतका नेताको सहभागिता हुने आर्थिक विभाग प्रमुख चक्र कार्कीले बताए ।

    पाटनस्थित खुल्लामञ्चमा हुने उद्घाटन समारोहका लागि मञ्च सजाउनुका साथै बजारलाई पार्टीका झण्डा र व्यानरले सजाइएको छ । अधिवेशनमा १७ लाख रकम खर्च हुन सक्ने अनुमान गरिएको छ ।

    एमाले बैतडी अध्यक्षमा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरख बहादुर चन्दले दावी गरेकाले चुनावबाटै नेतृत्व चयन हुने सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार