Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इटालियन सिरी ‘ए’: ९ खेलाडीमा सिमित रोमाविरुद्ध एसी मिलान हाबी 


    शुक्रबार, पुष २३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई ३-१ अन्तरले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा रहेको हो । 

    घरेलु मैदान सान सिरामा मिलानको जितमा ओलिभर जिरोउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए ।

    खेलको आठौं मिनेटमा जिाराउडको पेनाल्टी गोलबाट मिलानले अग्रता बनायो । १७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानले २-० को अग्रता बनायो । ४०औं मिनेटमा अब्राहमले गोल गरेपछि खेल पहिलो हाफमा २-१ को अवस्थामा पुग्यो । 

    खेलको ७४औं मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड पाउँदा रोमा १० खेलाडीमा समेटियो । यसको फाइदा उठाउँदै ८२औं मिनेटमा राफयल लियोले गोल गरेपछि मिलानले खेलमा ३-१ को अग्रता लियो । 

    ९० मिनेटपछिको इन्जुरी समयमा जियानलुका मान्सिनीले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा समेटियो । इन्जरी समयको अन्तिम समयमा ज्लाटान इब्राहिमोभिचले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा मिलानले अर्काे अवसर गुमायो । 

    जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंक सहित शीर्षस्थानमा छ । पराजित रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार