Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुण्डागर्दीमा संलग्न रहेको आरोपमा दुई पक्राउ


    शुक्रबार, पुष २३ २०७८
    415
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ ।

    महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    उनका अनुसार गोलेले पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पुर्याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको हो ।

    पक्राउ परेका दुवैलाई ‘मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य–सुविधा र नैतिकताविरुद्ध’सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी बिहीबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार