बुटवल । नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका ११ जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेको छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा भने समस्या देखिएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ११ जिल्लामा आज एकसाथ अधिवेशन हुँदैछ । रुकुम पूर्व हिमाली जिल्ला भएकाले अर्काे मिति तय हुने एमालेले जनाएको छ ।
एमाले लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले सर्वसम्मत रुपमा नेतृत्व चयनको काम टुंग्याइने दावी गरे । ‘धेरै जिल्लामा थुप्रै साथीहरुले नेतृत्वका लागि इच्छा देखाउनुभएको छ, तर सर्वसम्मत नेतृत्व चयन गर्नेगरी हामी अगाडि बढेका छौं,’ उनले भने ।
रुपन्देहीमा जिल्ला नेतृत्वका लागि ६ जना प्रतिष्पर्धी देखिएका छन् । जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे, क्षेत्रीय संयोजक तेजेन्द्र केसी, जिल्ला उपसचिव गोपाल राना, सचिवालय सदस्य एवं तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे, नेता हितराज पन्थी र यज्ञ गैरे अध्यक्षका प्रतिष्पर्धी हुन् ।
एमालेले जुन पदमा नेताहरुले आकांक्षा देखाएको हो, त्यो पददेखि अन्त बस्न नपाइने आन्तरिक निर्देशन दिएकाले केही नेताहरुको पछाडि हट्ने र अन्य पदमा व्यवस्थापन हुने सम्भावना पनि छ ।
जिल्लाभरीबाट १ हजार १०६ प्रतिनिधि अधिवेशनका लागि चयन भएका छन् । त्यसका अतिरिक्त एमालेका साविकका १७५ सदस्यीय जिल्ला कमिटीमध्ये हाल कायम १०८ जना पनि स्वतः प्रतिनिधिको रुपमा रहेका छन् ।
एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १५० सदस्यीय जिल्ला सदस्यको लागि रुपन्देहीमा धेरै जनाले नेतृत्वको लागि दावी गरिरहेका छन् । अधिवेशनलाई सम्बोधन गर्न पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई लगायत नेताहरु भैरहवा आएका छन् ।
कपिलवस्तुको आगामी नेतृत्वका लागि चार जना आकांक्षी देखिएका छन् ।पूर्वउपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य डम्मर शर्मा, वर्तमान उपाध्यक्ष बाबुराम खनाल, प्रदेश सदस्य खुमप्रसाद आचार्य, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले लविङ गरिरहेका छन् ।
गुल्मीमा उपाध्यक्ष बालसिंह काउछा एक मात्र अध्यक्षका दावेदार हुन् ।
दाङमा पनि हालका जिल्ला उपाध्यक्ष हुकुम बस्नेत एकमात्र जिल्ला अध्यक्षका दावेदार रहेको उनी निकट नेताहरुले बताएका छन् । हालका जिल्ला अध्यक्ष टिकाराम खड्का नदोहोरिने भएपछि स्वभाविक रुपमा अध्यक्षमा आफ्नो दावेदारी भएको बस्नेतले बताए ।
बाँकेमा भने आधा दर्जन अध्यक्षका आकांक्षी छन् । पत्रकारसमेत रहेका डिल्ली विसी, रत्न खत्री, किस्मत कक्षपति, निरक गुरुङ, घननाथ खनाल, सतिस निरौला अध्यक्षका आकांक्षी रहेका छन् । यद्यपि नेताहरुले सर्वसम्मतको प्रयास गरिरहेका छन् ।
बर्दियामा २ जना अध्यक्षमा आकांक्षी देखिएका छन् । बासगढी नगरपालिकाका प्रमुखसमेत रहेका शालिकराम अधिकारी र बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ अध्यक्षका आकांक्षीका रुपमा छन् । श्रेष्ठ हालका जिल्ला अध्यक्ष हुन् भने अधिकारी उपाध्यक्ष हुन् ।
पाल्पामा अध्यक्षका आधा दर्जन आकांक्षी छन् । जिल्लाको रिव्दीकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका नारायणबहादुर जिसी, जिल्लाका पूर्व पार्टी सचिव देवीप्रसाद बस्याल अध्यक्षका आकांक्षी हुन् । त्यस्तै तिनाउ गाउँपालिकाका प्रमुख रहेका हालका जिल्ला सचिव ओमबहादुर घर्ती, केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका धनेन्द्रराज घिमिरे, संविधान सभा सदस्य तारामणी घिमिरे पनि अध्यक्षका आकांक्षी हुन् ।
पश्चिमनवलपरासीमा दीपेन्द्र अधिकारी र थामप्रसाद गैरेले अध्यक्षमा आउन आकांक्षा देखाएका छन् । अधिकारी प्रदेश सभा सदस्य हुन् भने थामप्रसाद हालका जिल्ला सचिव एवम् पुराना नेता हुन् ।
प्युठानमा जिल्ला अध्यक्ष नै दोहोरिने लगभग पक्काजस्तै भएको छ । हालका अध्यक्ष तुल्सीराम शर्मा अध्यक्षमा दोहोरिने गरी सहमति हुन लागेको बताइएको छ ।
रोल्पामा हालका अध्यक्ष बालराम बुढा नेतृत्वमा दोहोरिन चाहेका छन् । रुन्टीगढी गाउँपालिका अध्यक्षसमेत रहेका बुढा जिल्लामा सर्वसम्मत नेतृत्व चुन्ने गरी तयारी भइरहेको बताए । एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सहमतिका लागि स्थानीय नेताहरुले प्रयास गरिरहेको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend