Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमलादेखि ग्यालिलियोको आविश्कार


    शुक्रबार, पुष २३ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज ७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

     अकिहितोको राज्यरोहण
    जापानका सम्राट अकिहितोले आज अर्थात सन् १९८९ मा जापानको सम्राटको सपथ खाएका थिए । आफ्ना बाबुको जन्म मृत्यु भएकै दिन सम्राट हिरोहितो राजगद्दीमा बसेका थिए ।
    खमेर रुज सरकार ढलेको त्यो दिन
    सन् १९७९ को ७ जनवरीमा भियतानमाको फौजले क्याम्बोडियाको राजधानी सहर नोम फेहलाई कब्जा गरेर खमेर रुज सरकार ढालेको थियो ।

     ग्यालिलियोको आविस्कार
    सन् १६१० मा इटालीका वैज्ञानिक ग्यालिलियो ग्यालिलीले चार ओटा ताराहरु बृहस्पति वरपर घुम्ने नयाँ तथ्य पत्ता लगाएका थिए । नांगो आँखाले भन्दा टेलिस्कोपले अझै बढी तारा देखिएको उनको भनाई थियो ।

    फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमला
    सन् २०१५ का फ्रान्सको राजधानी पेरिसस्थित चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यलय पसेर अतिवादीले अन्धाधुन्दा हमला गरी १२ जनाको हत्या गरेका थिए । पत्रिकाले मुस्लिम धर्म गुरु मोहम्मदको अपमान गरेको भन्दै मुस्लिम लडाकुले आक्रमण गरेका थिए । प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार