काठमाडौं । नेपाल प्रहरीले बिहीबार राति २६ एसएसपीको सरुवा गरेको छ ।
प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ । उमेशराज जोशीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएको छ भने भीम ढकाललाई अन्तर्राष्टिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ ।
अपराध अनुसन्धान कार्यालयका चन्द्रकुवेर खापुङलाई १ बर्ष नै नपुगी १० महिनामै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।