Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले चितवनको अध्यक्षमा चार जनाको आकांक्षा


    बिहिबार, पुष २२ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । नेकपा एमाले चितवनको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । २३ र २४ पुसमा हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले चितवनको अधिवेशनको उद्घाटनसत्र तारापुञ्ज रिसोर्ट र बन्दसत्र पार्टी कार्यालयमा हुँदै छ ।

    अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६०० प्रतिनिधि छनोट भएर आएका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।

    एमाले चितवनको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन् । अध्यक्षको लागि रामप्रसाद न्यौपाने, तेजेन्द्र खड्का, कृष्ण भुर्तेल र कमल पाठकले आकांक्षा देखाएका छन् ।

    अध्यक्षका आकांक्षी न्यौपाने एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष थिए । दुई पार्टीको एकता खारेज भइसकेपछि एमाले भरतपुर महानगरको कमिटी अध्यक्षको जिम्मेवारी पनि न्यौपानेले नै पाए ।

    त्यसपछि भएको एकता अधिवेशनबाट नयाँ नेतृत्व चयन भयो । जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका न्यौपानेले पुनः महानगको अध्यक्षको लागि चासो दिएनन् । उनी नेकपा अध्यक्ष केपी ओली निकट मानिन्छन् ।

    एमाले चितवनको २०७३ सालमा भएको अधिवेशनबाट तेजेन्द्र खड्का जिल्ला कमिटी उपाध्यक्षमा निर्वाचित भएका हुन् । तत्कालीन एमालेमा माधव कुमार नेपाल निकटका खड्का एमाले र माओवादी बीच भएको एकता खारेज भएपछि केही समय विचलित हुन पुगे । र, अन्ततः एमालेमै रहने उनले उद्घोष गरे ।

    जिल्ला अध्यक्षका अर्का आकांक्षी कृष्ण भुर्तेल बागमती प्रदेशका सांसद हुन् । शालीन स्वभावका भुर्तेल २०३५ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छन् । अर्का आकांक्षी कमल पाठक बार एसोसिएसन चितवनका पूर्व अध्यक्ष हुन् । उनले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार