Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेका भाइ २ लाख धरोटीमा छुटे


    बिहिबार, पुष २२ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।

    मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई बिहीबार २ लाख रुपैयाँ धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेर थुनछेक आदेश जारी गरेको हो । 

    रमेशलाई संयुक्त अरब ईमिरेट्सबाट केही दिन अगाडि मात्रै प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो । रमेशविरुद्ध सांगठित अपराध, अवैध सुन चोरी निकासी गरी राजस्व छली गरेको तथा सनम शाक्यको हत्या गरेको अभियोग लगाइएको थियो ।

    उक्त घटनामा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ अदालतमा मुद्दा दायर भएको थियो । मुख्य नाइके भनिएका गोरे भने दोषी ठहर भई जेलमा रहेका छन् ।

    २०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो । सो प्रकरणमा गोरेको समूहले यातना दिँदा मोरङको उर्लावारीका शाक्यको ज्यानसमेत गएको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार