Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत


    बिहिबार, पुष २२ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ राहत प्रदान गरेको छ। 

    आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए।

    उनीहरूको परिवारलाई दश लाख रुपैयाँका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए।

    चितुवाको आक्रमणबाट भानु नगरपालिका-३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु-४ का चार वर्षीया रञ्जिता लम्साल, भानु-२ का १० वर्षीय अमृत गुरुङ, भानु-२ की आठ वर्षीया पुष्पा अधिकारी र सोही वडाका सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो। 

    यस्तै, भानु-१ का कुशल बानियाँ, बन्दीपुर-४ का ११ वर्षीय इशाक सुनार, शुक्लागण्डकी-३ का रवीन नेपाली, आँबुखैरेनी-१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी-२ का नारन रानाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो।  

    चितुवाको आक्रमणबाट सख्त घाइते भएकालाई जनही दुई लाख रुपैयाँ र सामान्य घाइतेलाई जनही बीस हजारका दरले उपचारखर्च उपलब्ध गराइएको पण्डितले बताए।

    भानु नगरपालिका-११ का भीमबहादुर तामाङ, भानु-१३ का चिजबहादुर कुवँर, भानु-१३ कै प्रेमबहादुर बानियाँ, भानु-२ का हेमराज सुनुवार, भानु-२ का सुलभ दाहाल, भानु-२ की सोनी अछामी, बन्दीपुर-५ का अनुप नेपाली, आँबुखैरेनी-१ की अमिसा थापा, बन्दीपुर-१ का अक्कलबहादुर चेपाङ र व्यास नगरपालिका-१२ की अढाइ वर्षीया अश्विनी परियार घाइते भएकी थिइन्। वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुँदा रु तीन लाख ४६ हजार राहत उपलब्ध गराइएको कार्यालयले जनाएको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार