Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ऋचा शर्माकाे ‘कौसिद’काे टिजर सार्वजनिक


    बिहिबार, पुष २२ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेकाे फिल्म ‘कौसिद’को टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सन सकाउँदै टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको तयारी पनि भइरहेको छ ।

    टिजरमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।

    फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।

    निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार