Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्तर काेरियाको आणविक परीक्षणको अन्तराष्ट्रिय समुदायले गर्‍याे निन्दा


    बिहिबार, पुष २२ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् ।

    ‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । त्यस्तै जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ । 

    सो व्यालिस्टिक मिसाइल करिव ५०० किलोमिटर टाढासम्म पुगेको जापानका रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।

    परीक्षणबारे अमेरिकी गुप्तचर निकायका अधिकारीले सुक्ष्म विश्लेषण गरेको प्राप्त समाचारमा जनाइएको छ ।

    उत्तरले बुधबार गरेको परीक्षण यस वर्षकै पहिलो आणविक परीक्षण हो । उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । आफूमाथि लागेका प्रतिबन्ध हटे मात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले जबाफ दिँदै आएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार