Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • पासका लागि सीडीओ कार्यालयमा घुस कारोबार, बिचौलिया पक्राउ, कर्मचारी पनि तानिने


    मंगलबार, असार ९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंको छेउ सिंहदरवारको गेट पुग्नुअघि सवारी पास लिने भीड ।

    काठमाडौंं । लकडाउन सुरु भएदेखि नै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सवारी पास लिन घुसको कारोबार हुने गरेकोबारेमा गृहमन्त्रालयमा गुनासो पुगेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा तैनाथ प्रहरी र कर्मचारीहरुको मिलेमतोमा पास बितरणमा घुसको कारोबार हुने गरेको थियो । मंगलबार सवारी पास बितरणका लागि घुस लिंदालिंदै लेखापढी ब्यवसायी खेमराज सपाकोटा पक्राउ परेका छन् ।

    सापकोटा पास बनाउन घुस लिएको आरोपमा पक्राउ परेका छन् । तीन हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बबरमहलको जिल्ला प्रशासन कार्यालय छेउबाट पक्राउ गरेको हो । लकडाउन सुरु भएदोखि नै अख्तियारको छेउमा पास लिनेहरुसँग बिचौलियाहरुले पासका लागि घुसको मोलमोलाई गरे पनि मंगलबार सपकोटा अख्तियारको फन्दामा परेका छ्न ।

    सापकोटाले जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीसँग सेटिङ मिलाएर धनकुटा जानका लागि पास उपलब्ध गराइदिने भन्दै उनले घुस लिएका थिए । उनलाई पक्राउ गरी कर्मचारीमाथि समेत छानबिन थालिएको आयोगले जनाएको छ । उनीसँग कुन कुन कर्मचारीको कनेक्सन छ भन्ने कुरा अख्तियारले छानबिन गर्ने भएको छ 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोर्सफोर्स हुनेलाई सजिलै पास दिने तथा अत्याबश्यक काम परेकालाई समेत नदिने गरेको गुनासो आएपछि अख्तियारले अनुगमन गर्न सुरु गरेको थियो । लकडाउनका बेला मिटरब्याजका नाइके वीरेन्द्रलाल श्रेष्ठले समेत घुस खुवाएर सवारी पास लिएर सडकमा विनाकाम सानका साथ घुमिरहेको दृश्य देखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार