Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाल्पाको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो


    मंगलबार, असार ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाल्पा । कोरोना महामारीसँगै बर्षायाममा बाढीपहिरोको कहर थपिएको छ । यस्तै पहिरोको कहरमा परी सोमबार पाल्पामा तीनजनाको मृत्यु भएको थियो । मंगलबार दिउँसो थप एक जनाको शब फेलापरेसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

    तानसेन नगरपालिका–११ सम्मोबारीमा सोमबार गएको पहिरोले दुई वटा गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो । मंगलबार मृत फेला परेका व्यक्ति झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङ रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

    यसअघि पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रे पाँचखाल नगरपालिका–८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङको शव भेटिएको थियो ।

    उनीहरु मध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको थियो । पाल्पा–गुल्मी सडकखण्डअन्तर्गत सम्मोबारीमा अविरल वर्षासँगैको पहिरोले लु २ ख १३७६ नम्बरको मिनी ट्रक र लु १ क १९२८ नम्बरको ट्यांकरलाई सोमबार बगाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार