Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज पुस २२ गते बिहिवारको राशिफल


    बिहिबार, पुष २२ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज मिति २०७८ साल पुस २२ गते बिहिवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज कुनै समाचार सुन्नाले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाइदा होला । पुनर्मिलनको योग पनि रहेको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज धार्मिक र मनोरञ्जनात्मक क्षेत्रमा भ्रमण हुनसक्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान पनि गर्नेछन् ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    मङ्गल कार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार