Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एकीकृत समाजवादीको निर्देशन- राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन परिचालित हुनु


    बुधबार, पुष २१ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा आफ्ना र पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन परिचालित हुन निर्देशन दिएको छ । 

    बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालको विशेष उपस्थिति र महासचिव बेदुराम भुसालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको १६ औं बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखि सातै प्रदेशमा निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।

    साथै पार्टीका सबै कमिटी, नेता तथा कार्यकर्ताहरु र जनवर्गीय संगठनका पदाधिकारी एवम् सदस्यहरु सबैलाई पार्टीका र पाँचदलीय गठबन्धनका उमेदवारहरुलाई अत्याधिक मतले विजय गराउन आ-आफ्नो ठाउँबाट अनिवार्य र शसक्त रुपमा परिचालित हुन निर्देशन बैठकले दिएको छ ।

    प्रदेश इन्चार्ज वा अध्यक्षको नेतृत्वमा गठन हुने यस किसिमको परिचालन कमिटीहरुले पाँचदलीय गठबन्धन संयन्त्रसंग समेत समन्वय गर्दै साझा उमेदवारहरुको विजयलाई सुनिश्चित गर्न गराउन निर्देशिन दिने निर्णय गरेको उपमहासचिव एवं केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले जानकारी दिए । 

    yes.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार