Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बाघको छालासहित तीन जना पक्राउ


    मंगलबार, असार ९ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मार्तडी  । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुृर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

    उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ । पक्राउ परेकालाई चोरी शिकारी तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार