Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दीे


    बुधबार, पुष २१ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

    मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदूरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

    गत असार मसान्तमा मजदूरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् ।

    मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए। प्रतिव्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए । 

    उनले आफूहरूलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए ।

    उनले भने, ‘ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौं ।’

    ताला लगाउन वडाका ४८ महिला तथा पुरूष कामदार वडा कार्यालयमै पुगेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार