Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७० करोड भ्रष्टाचारका नाइके ज्ञवालीलाई झापाको सीडीओ बनाउँदै गृहमन्त्री खाँण


    बुधबार, पुष २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं ।  टेकूमा निर्माण गर्न लागेको काठमाडौं महानगरपालिकाको भवन निर्माणका क्रममा अनियमिततामा संलग्न सहसचिव राजेश्वर ज्ञवालीलाई गृहमन्त्री बालकृष्ण खाँणले झापाको प्रमुख जिल्ला अधिकारीमा पठाएर पुरस्कृत गर्न लागेका छन् ।

    महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा ज्ञवाली र मेयर विद्यासुन्दर शाक्यले प्राविधिक प्रस्तावमा एउटामात्र कम्पनीलाई पास गराई भवन निर्माणको ठेक्का समानान्तर निर्माण सेवालाई ७० करोडमा दिएका थिए । जबकि महानगरको उक्त भवन ५० देखि ५५ करोडमा निर्माण गर्ने रविना कन्ष्ट्रक्सन लगायतका निर्माण कम्पनीले प्रस्ताव गरेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली र मेयर शाक्यको सेटिङमा विशेष अनुभवको प्रमाणपत्र मागी त्यो समानान्तरसँग भएको भनी उसलाई मात्र प्राविधिक प्रस्तावमा पास गराइयो । र, ५० करोडमा निर्माण हुने भवन ७० करोडमा समानान्तरलाई दिइएको थियो ।

    महानगरका प्रशासकीय अधिकृत ज्ञवाली र मेयर शाक्यले समानान्तरलाई ठेक्का दिनका लागि गलत कागजात तयार गर्न लगाएका थिए । महानगरको भवन निर्माणको ठेक्कामा सेटिङ गर्ने मुख्य दोषी प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली र मेयर शाक्य भए पनि उनीहरुलाई जोगाएर अख्तियारले प्रस्ताव तयार गर्ने आदेशपालक निर्देशक बखतबहादुर साउदसहित ५ जनाबिरुद्ध मुद्दा दायर गरेको छ । मेयर शाक्य र प्रशासकीय अधिकृत ज्ञवालीलाई उन्मुक्ति दिएको छ ।

    महानगरको भवन निर्माणको ठेक्कामा समानान्तरका संचालक अच्युतप्रसाद खरेललाई समेत प्रतिवादी नबनाई अख्तियारले प्रस्ताव लेख्नेलाई मात्र मुद्दा दायर गरेको छ । महानगरको भवनको ठेक्कामा गलत भएको छ, अनियमितता भएको छ भनेर अख्तियारले ठहर गरेको छ । तर त्यसमा संलग्न मुख्य निर्णयकर्ता मेयर शाक्य र प्रशासकीय अधिकृत ज्ञवालीलाई भने उन्मुक्ति दिएको छ ।

    महानगरको भवन निर्माणमा निर्णयकर्ता ज्ञवाली र शाक्यलाई अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले जोगाई कारिन्दाहरुलाई मात्र फसाइएकाले कर्मचारीहरुले टेकूस्थित भवन निर्माणसमेत रोकेका छन् । ठेकेदार समानान्तरलाई समेत प्रतिवादी नबनाई अख्तियारले अनौठो तरिकाले मुद्दा दायर गरेको छ । शाक्य र ज्ञवालीले शक्तिकेन्द्रमा चलखेल गरी कर्मचारीलाई फसाएर आफू उम्किन सफल भएका छन् । 

    महानगरको ७० करोड भवन निर्माण काण्डमा अख्तियारले जोगाएको भनेर मिडियामा समाचार आउन थालेपछि सहसचिव ज्ञवालीले तत्कालै सरुवा मिलाएर बाहिरिए । र, गृहमन्त्री बालकृष्ण खाँणसँग सेटिङ मिलाई झापाको प्रम्ुख जिल्ला अधिकारी हुनेगरी मंगलबार गृहमन्त्रालयमा सरुवा मिलाएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालाई बुधबार सरुवा गरिएको छ । संभवतः आज वा भोलि नै ज्ञवालीलाई झापामा सरुवा गर्ने तयारीमा गृहमन्त्री खाँण छन् । झापाको सीडीओ हुन कांग्रेस निकट स्वच्छ छवि भएका सहसचिवहरु लागेका भए पनि गृहमन्त्री पत्नी मन्जु खाँणलाई ज्ञवालीले सेटिङ गरिसकेकाले २० करोड भ्रष्टाचारमा मुछिएका ज्ञवालीलाई पठाउने निश्चित भएको छ । झापाका कांग्रेस नेताहरुसँग सोध्दा पनि नसोधी गृहमन्त्री खाँणले ज्ञवालीलाई सीडीओ बनाउन लागेका छन् ।

    सहसचिव ज्ञवाली एमालेका नेता रघुवीर महासेठ हरेक चोटी मन्त्री हुँदा उनका विश्वासपात्र थिए । महासेठले सुरुमा सिंचाई मन्त्री हुँदा उनलाई निजी सचिव राखी सिंचाई र जलउत्पन्न प्रकोप नियन्त्रण विभागमा सरुवा आतंक नै मच्चाएका थिए । भौतिक मन्त्री हुँदा ज्ञवालीलाई कर्मचारी प्रशासन प्रमुख बनाई विवादित डीईहरुलाई मदन भण्डारी, मध्यपहाडी पुष्पलाल जस्ता आयोजना र डिभिजनमा सरुवा गर्दा करोडौं असुली गरेको आरोप लागेको थियो ।         

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार