Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपांगता भएका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण


    बुधबार, पुष २१ २०७८
    360
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । चैनपुर नगरपालिकाले अपांगता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।

    मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपांगता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेकाे नगर प्रमुख भरतकुमार खत्रीले बताए । अपांगता भएका व्यक्तिका परिवारलाई सातदिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलबार मौरीसहितको घार वितरण गरिएको उनकाे भनाइ छ ।

    घारसहितको मौरी वितरण गर्दै नगर प्रमुख खत्रीले सहभागीहरूलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीहरूलाई थप सहयोगसमेत गर्ने धारणा राखे । ११ वटै वडाबाट छनाेट भएका ३३ अपांगता भएका परिवारलाई घारसहितको मौरी वितरण गरिएको उनले बताए ।

    अपांगता रोकथाम तथा पुन:स्थापना कार्यक्रमअन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्याेग कार्यालयको लागत साझेदारीमा १४ देखि २० पुससम्म  मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार