Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्वविद्यालयको लेक्चरमा महिलालाई पुरुषको यौन सन्तुष्टिको साधन भन्ने चिकित्सकलाई १० महिना कैद सजाय


    बुधबार, पुष २१ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । महिलाविरुद्ध अपमानजनक र अस्वाभाविक अभिव्यक्ति दिने बेल्जियमका एक चिकित्सकलाई जेल सजाय सुनाइएको छ । एउटा विश्वविद्यालयमा लेक्चर दिने क्रममा ‘महिलाहरुले खुट्टाहरु खोल्न नचाएको’ र पुरुषलाई यौन सन्तुष्टिका लागि महिला अस्थित्व आएको बताउनले डा. जेफ होइवगलाई एक अदालतले जेल सजाय सुनाएको हो  ।

    अदालतले उनलाई सुरुमा १० महिना जेल सजाय सुनाए पनि पछि कटौती गरेर पाँच महिनामा झारेको थियो । 

    युनिभर्सिटी अफ घेन्ट एन्ड क्याथोलिक फ्लेमिस स्टुडेन्ट युनियनको एउटा कार्यक्रममा उनले दिएको अभिव्यक्तिको धेरैले विरोध गरेका छन् । उनले महिलामाथि विभेद गरेको र घृणाजनक अभिव्यक्ति दिएको भन्दै आठ हजार युरो जरिमान सुनाइएको न्यायाधीशले बताएका छन् ।

    आफू सत्य बोलेको र पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता हनन गरेको उनले बताएका छन् । 

    पोस्टग्रयाजुयट विद्यार्थीलाई दिएको दुई घन्टा लामो लेक्चरमा उनले भनेका छन्, ‘महिलाको दास नबनी तपाइले उनलाई समानरुपमा व्यवहार गर्न सक्नु हुन्न । ’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार