Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जन्म कैदको सजाय तोकिन लागेका हत्यारालाई चुम्बन गरेको अवस्थामा देखिइन् न्यायाधीश


    बुधबार, पुष २१ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरी हत्याका अभियोगीलाई चुम्बन गरेको र उनलाई जन्म कैदको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चुम्बन गरेकी देखिन्छन् । 

    मारियल सुअरेज नाम गरेकी न्यायाधीशले ट्रिलिउ सहरनजिकैको जेलमा रहेका कैदी क्रिष्टिनय माई बुस्टोसलाई चुम्बन गरेकी हुन् । एक साताअघि मात्र न्यायाधीशहरुको एउटा प्यानलले प्रहरी अधिकारीको हत्या गरेको अभियोग लागेका बुस्टोसमाथि हुने सम्भावित जन्म कैदको सजायबारे छलफल गरेको थियो । प्यानलमा सुअरेज पनि थिइन् । बुस्टोसले सन् २००९ मा प्रहरी अधिकारीको हत्या गरेका थिए । 

    सुअरेज बुस्टोसलाई जन्म कैदविरुद्ध बोल्ने एक मात्र न्यायाधीश थिइन् । बुस्टोस निकै खतरनाक कैदी भएको प्यानलका अन्य सदस्यहरुले बताएका थिए । 

    अपराधीसँग चुम्बन गरेको भिडियो फुटेज सार्वजनिक भएपछि सुअरेज पनि अनुसन्धानको घेरामा तानिएकी छिन् । उनीमाथि फैसला गर्न प्रतिबन्ध लगाइने र सर्वोच्च अदालतले छानविन सुरु गरेको छ । 

    सुअरेजले अस्वाभाविक व्यवहार देखाएको सर्वोच्चले एक विज्ञप्तिमा जनाएको छ । ‘न्यायाधीश र हत्याको दोषी ठहर भएका कैदीबीचको निकटताको घटनाबारे सर्वोच्चले अनुसन्धान सुरु गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    कैदीसँगको भेटबारे न्यायाधीशले कुनै टिप्पणी नगरेको इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार