Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश २ मा पहिलोपल्ट युवा स्वरोजगार उत्प्रेरित महोत्सव


    बुधबार, पुष २१ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी  । कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सवको आयोजना हुने भएको छ ।

    नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा विशेषगरी युवाहरूलाइ स्वरोजगार बनाउने उद्देश्यसहित १३ देखी २४ माघसम्म महोत्सव हुने भएको हो ।

    प्रथम बर्दिबास महोत्सव नाम राखिएको उक्त महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगीहरूलाई महोत्सवको स्टलमा निम्त्याउने आयोजक पक्षले जनाएको छ ।

    महोत्तरीमा मात्र ४० भन्दा बढी उद्योग र कलकारखाना छन । थोरै लगानीमा पनि सफल उद्योगी बन्न सक्ने जानकारीको अभावमा युवाहरू पलायन भइरहेको बताउदै चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधिर अग्रवालले विदेश पलायनलाई समेत महोत्सवले रोक्ने आशा व्यक्त गरे । 

    महोत्सवमा कृषि, स्थानीय उत्पादन, पर्यटनजस्ता विषयमा पनि उत्तिकै ध्यान दिइनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार