काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दुई सहसचिवको सरुवा गरेको छ । उदय सापकोटा सचिवमा बढुवापछि रिक्त भएको अर्थमन्त्रालयको कानुन महाशाखाको प्रमुखमा सहसचिव पाराश्वर ढुंगानालाई सरुवा गरिएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।
नेपाल कानुन आयोगकी सहसचिव इन्दिरा दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । दाहालले पनि अर्थमन्त्रालय जाने चाहना राखेकी थिइन् ।
अर्थमन्त्रालयमा सरुवा हुने चाहनामा रहेका सहसचिवहरुमा गृहमन्त्रालयका कानुन महाशाखा प्रमुख पुस्कर सापकोटा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयमा कार्यरत किशोरकुमार चौधरी, १ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत भरत रिजाल पनि थिए । तर ढुंगानाले बाजी मारेका छन् । तर उनी अर्थसचिव शिशिरकुमार ढुंगानाका दाजुभाइ भने होइनन् । सचिव ढुंगाना भक्तपुरका हुन् भने सहसचिव पाराश्वर दैलेखका हुन् ।