Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाले भाषण गर्दैगर्दा ‘नो एमसीसी’को प्लेकार्ड देखाउने काे हुन् ?


    बुधबार, पुष २१ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सुनसरी । २० पुसमा धरान स्थापना दिवस कार्यक्रमकाे उद्घाटनमा पुगे, प्रधानमन्त्री शेरबहादुर देउवा । दिवसका अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा नै दिएकाे थियाे ।  

    जब प्रधानमन्त्री देउवा ‘धरान डे’ कार्यक्रमलाई सम्बोधन गर्न पब्लिक हाई स्कुलको मञ्चमा उक्लिए । मञ्च अगाडि फरक दृश्य देखियो ।

    एउटा हातमा नेपालको झण्डा अनि अर्को हातमा प्ले कार्ड । झण्डामा लेखिएको थियो-  शुम्भ रक्षक नै निशुम्भ भक्षक अनि प्ले कार्डमा ‘गुम्नेछ नेपाल आमा’ शीर्षकको कविता । त्यही कविताको एक लाइनमा थियो ‘नो एमसीसी’ 

    कवितामा लेखिएको थियो 

    हे धर्ती माँ सुपुत्र गतिलो बिस्यौ कि जन्माउन ?
    एमसीसीले तान्दा ती फरिया, ताली झोले ठोक्नेछन् ।।
    कानुन नै निब बेच्छ कलमको, न्याय त्यहाँ मर्दछ ।
    रक्षक नै छ विदेशी भतुवा, दासत्व स्वीकार्दछ ।।
    देशभन्दा ठूलो पार्टी देख्ने, अन्ध दृष्टि फुटाऊ ।
    स्वयं आफ्नै चुरासारी, कुलाङ्गारलाई घेराउ ।।
    तिम्रा पुत्र रिपु भगत भए, पिउँछन् तिम्रै रक्त ।
    छाती तिम्रा परेड खेल्न, आउँछन् विदेशी धूर्त ।।
    अर्काकै भरमा चल्छौ यदि भने, के काम तिम्रो यहाँ ?
    आर्यघाट बल्दा चिता दनदनी, चित्कार सुन्नु त्यहाँ ।।
    बालुवाटार लम्पसार भए, बिक्री गरे सब गरिमा
    न गानधारी बन न धृत राष्ट्र, गुम्नेछ नेपाल आमा

    कपाल सेतै फुलेका, उमेरले पाको देखिने ती व्यक्ति हुन् धरान  उपमहानगरपालिका-७ का बासु चालिसे । ६६ वर्षीय चालिसे अमेरिकाले नेपाललाई दिने मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदान (एमसीसी)  संसदबाट पास गर्न नहुने भन्दै विरोधमा आएका हुन् । 

    एमसीसी देशको हितविपरीत रहेको भन्दै उनले देश निर्माणमा लागेका रक्षक नै भक्षक भएको र जनता जाग्नुपर्ने बताए ।

    एमसीसीको विषय बाहिर आएदेखि करिब डेढ वर्ष अगाडिदेखि उनी झण्डा र कविता लेखिएको प्ले कार्ड लिएर हिँडिरहेका हुन् । झण्डाको अर्को पट्टी राहु र केतु लेखिएको छ । जसको अर्थ चन्द्रमा र सूर्यमा ग्रहण लागि सक्यो भन्दै देशलाई जोगाउनु पर्ने चालिसे बताउँछन् ।

    तर, उनले प्रधानमन्त्री देउवालाई देखाउन लागेकाे प्लेकार्ड र झण्डा सुरक्षाकर्मीले खोसेका थिए । उनी यसअघि नेपाल बैंकमा जागिरे थिए । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार