Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तेह्रथुममा ३ हजार ८ सय मतदाता थपिए


    बुधबार, पुष २१ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तेह्रथुम । निर्वाचन कार्यालय तेह्रथुमले सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रममा ३ हजार ८ सय ८ जनाले नाम दर्ता गराएका छन् ।

    १७-२६ मंसिरसम्म जिल्लाका ६ वटै पालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालयका अनुसार १६ सय २८ महिला र २१ सय ८० जना पुरुषले नाम दर्ता गराएका हुन् ।

    जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार जिल्लामा ३७ हजार २ सय ८४  महिला र ३८ हजार ८ सय ६९ जना मतदाता छन् । जिल्ला बाहिरका  १९ पुरुष र ३० महिला गरी ४९ जनाले तेह्रथुमबाट नामवली भरेका छन ।

    जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र प्रशासन इकाई आठराईबाट नामावली संकलनकाे काम भइरहेको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार