कैलाली । कैलालीमा क्वान्टिन बसेर घर फर्किएका एक युवकको मृत्यु भएको छ । १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका ७ का ३६ वर्षिय युवकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार साँझ घरमै रहेका बेला ती युवकको मृत्यु भएको हो।
आइतबार आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो।
लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले ती युवकमा अन्य स्वास्थ्य समस्या नभएको बताए।
मृत्युपछि उनको पिसिआर परीक्षण गर्न स्वाब धनगढी ल्याइएको छ।
पिसिआरको रिपोर्ट आएपछि मात्र ती युवकको शव व्यवस्थापन गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले बताए।
मृत्यु भएका युवक जेठ २६ गते भारतको हल्दानीबाट नेपाल आएका थिए।