Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पा अस्पतालका कर्मचारीहरुलाई कोरोना पुष्टि, आकस्मिकबाहेकका सेवा बन्द


    बुधबार, पुष २१ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । जिल्ला अस्पताल पाल्पामा आकस्मिकबाहेकको सेवा बन्द भएको छ ।

    अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । 

    निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए ।

    अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।

     मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो ।

    उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार