Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा थप ५ सय ३८ कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०९९ पुग्यो


    मंगलबार, असार ९ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । एकैदिन ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी  दिएका छन् ।।

    सो संख्या थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन् । यी सहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन् ।  पछिल्लो २४ घन्टामा   ४ हजार ९ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार